१६ औं बार्षिक साधारण सभा प्रतिवेदन     लेखा परिक्षण प्रतिवेदन आ‍‍‍. व‍. ०८०-०८१     संस्थाको बार्षिक उत्सवमा सहभागी हुने बारेमा     कृषि मलखाद बितरण सम्बन्धि सुचना     सहकारी तालिममा सहभागी हुनेबारेमा     बार्षिक साधारण सभामा उपस्थित हुने बारेमा     कृषि औजार तथा उपकरण अनुदानमा बितरण     शैक्षिक भम्रण तथा अवलोकन सम्बन्धि सुचना     भाखा नाघेका ऋृणीहरुको लागी सुचना     लेखा परिक्षण प्रतिवेदन    

संस्थाको परिचय

तपाईंलाई कुनै जानकारी आवश्यक परेमा वा जिज्ञासा भएमा, कृपया हामीलाई सम्पर्क गर्न नहिचकिचाउनुहोस्।

  • गृह
  • संस्थाको परिचय
About Us
About Us
About Us

We’re here to support you every step of the way.

संस्थाको परिचय

जनमुखी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड वि.सं. २०६५ साल पौष २२ गते नुवाकोट जिल्लाको बिदुर नगरपालिका वडा नं. ४, बिदुरमा मुख्य कार्यालय रहने गरी स्थापना गरिएको संस्था हो। यस संस्थाको स्थापना तत्कालीन सहकारी ऐन २०४८ बमोजिम गरिएको हो। प्रारम्भमा ४२ जना शेयर सदस्यहरूले रु. ८,१०,३००।– शेयर पुँजी संकलन गरी सहकारी अभियानलाई सशक्त रुपमा अघि बढाउने उद्देश्य राखिएको थियो।

यस संस्थाको प्रमुख उद्देश्य समाजका निम्न आयस्तर भएका गरिब, जनजाति, दलित, अल्पसंख्यक, द्वन्द्वपीडित, घाइते तथा अन्य आर्थिक रूपमा पछाडि परेका वर्गको सामाजिक, आर्थिक तथा सांस्कृतिक जीवनस्तर उकास्नु हो। यसका लागि समाजमा छरिएर रहेको पुँजीलाई एकीकृत गर्दै व्यवसाय र उत्पादनमूलक क्षेत्रमा लगानी गरी आर्थिक सशक्तिकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ।

संस्थाले निम्न आर्थिक अवस्था भएका व्यक्तिहरूलाई विभिन्न वित्तीय सेवाहरू प्रदान गर्दै आत्मनिर्भर बनाउने उद्देश्य राखेको छ। यसअन्तर्गत:

  • – स्वरोजगारमुखी कार्यक्रमहरू सञ्चालन
    – कृषि प्रवर्द्धन कार्यक्रम
    – लघुवित्त तथा ऋण लगानी सेवा
    – उद्यमशीलता अभिवृद्धि गर्ने तालीम तथा सीपमूलक कार्यक्रम
    – महिला तथा पिछडिएका वर्गका लागि विशेष सहयोग तथा कार्यक्रम
    – घरदैलोमै गएर सेवा तथा सल्लाह दिने व्यवस्था

यस संस्थाले समय-समयमा आउने प्राकृतिक विपत्ति, महामारी तथा अन्य आपतकालीन परिस्थितिमा पनि समुदायसँग सहकार्य गर्दै विभिन्न किसिमका राहत कार्यक्रम सञ्चालन गर्दै आएको छ। महामारीका समयमा खाद्यान्न, स्वास्थ्य सामग्री तथा अन्य आवश्यक सामग्रीहरू वितरण गरी समाजको सहयोगमा संलग्न रहँदै आएको छ।

भविष्यमा संस्थाले वित्तीय पहुँचलाई अझ प्रभावकारी बनाउन डिजिटल सेवाहरूलाई प्रवर्द्धन गर्दै आधुनिक प्रविधिहरू समावेश गर्ने योजना बनाएको छ। सहकारी अभियानलाई प्रवर्द्धन गर्दै, सदस्यहरूको आर्थिक सशक्तिकरणमा टेवा पुर्याउने उद्देश्यले नयाँ योजनाहरू कार्यान्वयन गरिँदै जानेछ।

जनमुखी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले पारदर्शी वित्तीय सेवा प्रदान गर्दै समुदायको समग्र उन्नतिमा योगदान पुर्याउने प्रतिबद्धता राखेको छ।

संस्थाको भिजन

भिजन (Vision): समाजका प्रत्येक नागरिकलाई आत्मनिर्भर, सशक्त र आर्थिक रूपमा सक्षम बनाउँदै समृद्ध सहकारी अभियानको स्थापना गर्ने।

vision
mission

संस्थाको मिसन

मिसन (Mission): समुदायका निम्न आयस्तर भएका व्यक्तिहरूलाई वित्तीय सेवाहरू, उद्यमशीलता विकास, स्वरोजगार प्रवर्द्धन तथा सामाजिक उत्थानका कार्यक्रमहरू प्रदान गर्दै आत्मनिर्भर बनाउने।

संस्थाको लक्ष्य

लक्ष्य (Goals): वित्तीय पहुँचलाई सबै वर्गसम्म पुर्याउने । समाजका कमजोर तथा पिछडिएको वर्गलाई आत्मनिर्भर बनाउने नवीनतम प्रविधिहरू समावेश गरी सहकारी प्रणालीलाई प्रभावकारी बनाउने, पारदर्शिता, विश्वसनीयता र जिम्मेवारीलाई संस्थाको मूलभूत मूल्य बनाउने।

goal

संस्थाको उद्देश्य

संस्थाको उद्देश्य - स्वरोजगारमुखी कार्यक्रमहरू सञ्चालन गर्ने। - कृषि प्रवर्द्धन कार्यक्रम गर्ने। - लघुवित्त तथा ऋण लगानी सेवा गर्ने। - सुपथमुल्य पसल लगायतका साझेदारी मुलक कार्यक्रमहरु स‌चालन गर्ने। - उद्यमशीलता अभिवृद्धि गर्ने तालीम तथा सीपमूलक कार्यक्रम गर्ने। - महिला तथा पिछडिएका वर्गका लागि विशेष सहयोग तथा कार्यक्रम गर्ने। - घरदैलोमै गएर सेवा तथा सल्लाह दिने व्यवस्था गर्ने। - सदस्यहरूको आर्थिक उन्नति गर्न पुँजी परिचालन गर्ने। - उद्यमशीलता तथा रोजगार सिर्जना गर्ने कार्यक्रमहरू सञ्चालन गर्ने। - कृषि तथा लघु उद्यम प्रवर्द्धन गरी ग्रामीण विकासमा योगदान पुर्याउने। - वित्तीय शिक्षाको प्रवर्द्धन गर्दै सचेतना कार्यक्रम सञ्चालन गर्ने। - समाजका पिछडिएको वर्गलाई विशेष प्राथमिकता दिँदै सशक्तिकरण गर्ने।

motivation

सहायक वित्तीय उपकरण

"सहायक वित्तिय उपकरण" उपयोगकर्ताहरूलाई सहज बनाउने उद्देश्यले डिजाइन गरिएको उपकरण हो ।