१६ औं बार्षिक साधारण सभा प्रतिवेदन     लेखा परिक्षण प्रतिवेदन आ‍‍‍. व‍. ०८०-०८१     संस्थाको बार्षिक उत्सवमा सहभागी हुने बारेमा     कृषि मलखाद बितरण सम्बन्धि सुचना     सहकारी तालिममा सहभागी हुनेबारेमा     बार्षिक साधारण सभामा उपस्थित हुने बारेमा     कृषि औजार तथा उपकरण अनुदानमा बितरण     शैक्षिक भम्रण तथा अवलोकन सम्बन्धि सुचना     भाखा नाघेका ऋृणीहरुको लागी सुचना     लेखा परिक्षण प्रतिवेदन    

आवधिक वचत

If you need any information or have any questions, feel free to contact us.

आवधिक वचत

आवधिक बचत :संस्थाका सदस्यले निश्चित अवधि तथा ब्याजदरमा जम्मा गर्न सक्ने बचतलाई आवधिक बचत भनिनेछ । आवधिक बचतमा सदस्यले न्यूनतम रु. १०,०००।– देखि माथिको देखि अधिकतम संस्थाको कूल बचतको २० प्रतिशत भन्दा बढी रकम बचत गर्न सकिने छ। आवधिक बचत सदस्य र संस्थाको सहमति अनुसार १ वर्ष देखि ३ वर्ष अवधिको लागि जम्मा गर्न सकिनेछ । आवधिक बचतको अवधि र यसमा प्रदान गरिने ब्याजदर देहाय बमोजिम हुनेछ – १ वर्षे आवधिक बचतमा – २ वर्षे आवधिक बचतमा – ३ वर्षे आवधिक बचतमा सदस्यले आवधिक बचतको रकम निर्धारित समय नपुगि फिर्ता लिन चाहेमा रकम राखेको समयावधि ५० प्रतिशत पुरा भएको भए तोकिएको व्याजको ५० प्रतिशत व्याज पाउने छ । यदि ५० प्रतिशत समय पार नगरी रकम फिर्ता लिन चाहेमा त्यसको ब्याज प्रदान गरिने छैन ।

आवधिक वचत गर्ने तरिका

१) यो खाता निश्चित अवधि तोकी एकमुष्ट रकम एकै पटकमा जम्मा गरी खोल्न सकिने छ ।

२) यस खातामा न्यूनतम रु ५०००।– र सोभन्दा माथि जतिसुकै रकम राख्न सकिने छ ।

३) यस प्रकारको खातामा छोटो अवधि ३ महिना र लामो अवधि ३ वर्षसम्म राख्न सकिने छ ।

४) यस खातामा राखिएको रकम बीचमा थप घट गर्न पाइने छैन ।

५) यस खातामा रहेको रकमको ब्याज ३÷३ महिनामा सोही व्यक्तिको बचत खाता मार्फत् दिइने छ ।

६) यस खातामा जम्मा गरेको रकम तोकिएको समययावधी भन्दा अगाडि भुक्तानी लिन पाइने छैन । काबु बाहिरको परिस्थितिमा फिर्ता लिनुपर्ने भएमा न्यूनतम् ब्याज पाक्ने बचत खाताको ब्याज गणना गरी भुक्तानी दिइने छ ।

७) तोकिएको अवधि पूरा भएपछि रकम लैजाने वा पुनः राख्ने वा अर्को प्रकृतिको खातामा जम्मा गर्ने भन्ने कुरा सदस्य स्वयम्ले दिएको लिखित जानकारी मुताविक गरिनेछ । अन्यथा न्यूनतम व्याजदर निर्धारण गरिएको खाताको हिसाबले ब्याज दिइने छ ।

८) यस खाताको ब्याज गणना प्रत्येक त्रैमासिकमा हुने भएकोले संस्थाको त्रैमासिक खाताबन्दीको समयमा ब्याज प्रविष्टी भए पश्चात् समय सीमा सकिनु अगावै सदस्यले उक्त खाताको रकम फिर्ता लिन चाहेमा बचतको न्यूनतम ब्याजदर भन्दा बढी ब्याज प्रविष्ट गरिएको भए उक्त रकम फिर्ता गर्नुपर्नेछ ।

आवधिक वचत

सहायक वित्तीय उपकरण

"सहायक वित्तिय उपकरण" उपयोगकर्ताहरूलाई सहज बनाउने उद्देश्यले डिजाइन गरिएको उपकरण हो ।